सुचना, समाचार र मनोरन्जन

राप्रपा गण्डकीको अध्यक्षमा अर्जुन खनाल विजयी

पोखरा,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्षमा अर्जुन खनाल विजयी भएका छन्। पोखरामा सम्पन्न प्रदेश अध्यक्ष पदको निर्वाचनमा खनालले १८९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी पञ्चराम गुरुङले १६४ मत प्राप्त गरे।

निर्वाचनमा कुल ३६० मत खसेको थियो। त्यसमध्ये ७ मत बदर भएको छ। खनालले गुरुङलाई २५ मतको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशको नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।

Chaka Panja

अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै खनालले गण्डकीमा राप्रपाको संगठनलाई थप सक्रिय, प्रविधिमैत्री र परिणाममुखी बनाउने एजेन्डा अघि सारेका थिए। उनले युवालाई पार्टीको नीति निर्माण, नेतृत्व तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा जोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

निर्वाचित भएपछि खनालले अब गण्डकी प्रदेशमा पार्टी संगठन विस्तार, युवाको सहभागिता तथा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.