सुचना, समाचार र मनोरन्जन

नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई

काठमाडौँ,
प्रतिनिधिसभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गर्नुभएको छ ।
बैठकमा उक्त पदका उम्मेदवारको सूचना दिने प्रस्तावक र समर्थकको मन्तव्यपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य केसीले श्री अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते सोमबार अपराह्न १ः०० बजे हुनेछ ।
Leave A Reply

Your email address will not be published.