Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने
- अध्यक्षको लागि तेस्रोपटक अर्जुन पोखरेलको दाबीः विमानस्थलदेखि अन्तर्राष्ट्रिय व्यापारसम्मको योजना
- फेज–टु पुगेका १०७ प्रशिक्षार्थीलाई सल्युट गोर्खाको शुभकामना, ‘भर्ती सँगै भविष्य’मा जोड
- दास व्यापार उन्मूलन स्मरण अन्तर्राष्ट्रिय दिवस आज
- भदौ ७ गते आइतबार सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस
- शान्ता जिसीले ल्याइन् ‘पीर कल्लाई छैन र’, दर्शकको माया पाउनेमा आशावादी
- प्रदर्शनअघि नै चम्कियो ‘पार्वती’: अमेरिका र अस्ट्रेलियामा उच्च माग
- फिल्म ‘जदौ’को टिजर सार्वजनिक : नीति शाह र प्रभातपालको त्रिकोणात्मक प्रेम कथा
- पोखरा उद्योग वाणिज्य संघको निर्वाचन: १० सदस्यीय साझा टिम कसले बनाउला?
- शैक्षिक न्यायको खोजी: नारामा निःशुल्क, व्यवहारमा विभेद!
गृहमन्त्री अर्यालले गरे निर्माणाधीन संसद् भवनको निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले आज सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका गन । उनले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गरेको मन्त्री अर्यालको सचिवालयल जनाएको छ ।
जेनजी सहिदका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धताबारे र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा गएका हुन ।
सरकारले गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी स्मारक पार्क’ बनाउने निर्णय गरेको थियो भने गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।
भवन निरीक्षण गर्दै गृहमन्त्री अर्यालले निर्माणाधीन भवनभित्र प्रतिनिधिसभा र राष्ट्रियसभाको मुख्य बैठक बस्ने ग्यालरी कक्षको प्रगति तथा प्राविधिक पक्षबारे समेत जानकारी लिएका थिए । इन्जिनियरहरूसँग कुरा गर्दै उहाँले थपिएको समयभित्रै संसद् भवन निर्माण परियोजनाको काम सम्पन्न हुने वा नहुनेबारे चासोसमेत प्रकट गरेका थिए ।