Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने
- माण्डवी र राममणिको ‘झ्याइँ झ्याइँ बाजा’ सार्वजनिक
- जर्जियामा सम्पन्न ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली बाल प्रतिभा समृद्धि शाह विश्व विजेता
- ‘कालकट्टी’ र ‘काकाको बिहे’ दुई नयाँ प्रोजेक्टको औपचारिक घोषणा,
- झापामा परिवर्तन टिम : दरबार कि तलवार? सुशील श्रेष्ठको संवादले ‘परिवर्तन’लाई बनायो ट्रेन्डिङ
- ‘डोको बुन्ने’ मा झुम्यो नेपालगन्ज, ‘कुमारी’ प्रचार यात्रा भव्य रूपमा प्रारम्भ
- ‘ड्रेस टु इम्प्रेस’मा उत्कृष्ट ४ डिजाइनर सहित ७ विजेता घोषित
- अभिनेत्रीसँगै निर्मात्री बनेकी बेनिशाको ‘द ब्ल्यू लाइट’को ट्रेलरमा देखियो डर लाग्दा दृश्य
- ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता
- सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको सङ्गम
निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गरेकी छिन ।
आज सिंहदरबस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गरेकी हुन ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको बताउँदै उनले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन।
पूर्वराष्ट्रपति भण्डारीले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गरिन । उनले हालको परिस्थितिको निकासका लागि निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखिन ।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।