सुचना, समाचार र मनोरन्जन

ASEZ WAO ले उत्साहका साथ गर्यो साप्ताहिक सरसफाई

 ASEZ WAO द्वारा सञ्चालित साप्ताहिक सरसफाई अभियान उत्साहका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त अभियानमा रिसिङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष बुद्धिमान राणा मगरको उपस्थिति रहेको थियो। त्यसैगरी भानुभक्त क्याम्पस का अकाउन्टेन्ट श्री सुदर्शन पोखरेलज्यूले पनि सक्रिय सहभागिता जनाउँदै अभियानलाई थप प्रेरणादायी भएको बताए ।

कार्यक्रममा वडाअध्यक्ष मगरले समुदायमा स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता अभियानहरूले जनचेतना अभिवृद्धि गर्नुका साथै युवा पुस्तालाई सकारात्मक कार्यमा संलग्न गराउने बताए। उनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक अभियानहरूमा आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले समेत अभियानप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै “यस्ता नियमित सरसफाई कार्यक्रमले हाम्रो टोल र समुदाय सफा, सुन्दर र व्यवस्थित बन्दै गएको छ” भनी प्रशंसा गर्नुभयो। केही स्थानीय अभिभावकहरूले युवा स्वयंसेवकहरूको समर्पण र अनुशासनलाई सराहना गर्दै निरन्तरताको अपेक्षा गरेका थिए।

साथै, सरसफाई कार्यलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू सहयोग स्वरूप उपलब्ध गराएकोमा विशेष धन्यवाद व्यक्त गर्दछौं। स्वयंसेवकहरूको सक्रियता, एकता र समर्पणले अभियान थप व्यवस्थित र परिणाममुखी बनेको थियो।

समुदायमा स्वच्छता प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण आधार स्तम्भका रूपमा रहेका छन्। स्थानीय जनप्रतिनिधि, शिक्षाक्षेत्रका व्यक्तित्व तथा समुदायको साथ र सहयोगले आगामी दिनहरूमा पनि यस्ता सकारात्मक गतिविधिहरू अझ व्यापक रूपमा सञ्चालन गर्ने आयोजक क्लवले जनाएको छ ।

सम्पूर्ण सहयोगी महानुभावहरू, स्थानीयवासी तथा समर्पित स्वयंसेवकहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.