सुचना, समाचार र मनोरन्जन
Pdms

‘अटिजम’ चलचित्र सार्वजनिक गर्दै कपन बानेश्वरले मनायो तेह्रौं वार्षिकोत्सव

काठमाडौँ :
कपन बानेश्वर साहित्यिक साप्ताहिक ९कबा० पत्रिकाले आफ्नो तेह्रौं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। सो अवसरमा ‘अटिजम’ नामक चलचित्र युट्युबमार्फत सार्वजनिक गरिएको छ।

कबा पत्रिका २०६९ सालदेखि प्रकाशित हुँदै आएको नेपालकै एकमात्र साहित्यिक साप्ताहिक पत्रिका हो। वार्षिकोत्सवको अवसरमा साहित्य, पत्रकारिता र रचनात्मक योगदानका लागि विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा मदनराज थापा, चन्द्रा न्यौपाने र मुरलीप्रसाद ढकाललाई ‘कबा विशिष्ट सम्मान’ , शम्भु चालिसे र रन्जु खनाललाई ‘कबा सम्मान’ प्रदान गरियो। त्यस्तै, उद्धव अविचल, राजेशमान केसी, प्रीति कौर, रामकुमार श्रेष्ठ ‘फुच्चे’, पूजा शाही, र सुरेशचन्द्र घिमिरेलाई विभिन्न रचना तथा पत्रकारिता पुरस्कार प्रदान गरियो।

समारोहमा कबाका प्रधान सम्पादक निवन्ध आचार्यले अटिजम चलचित्रका बारेमा जानकारी दिँदै, युवा पलायन रोक्ने विषयवस्तुमा आधारित उक्त चलचित्रलाई पबउबल दबलभकजधयच युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको जानकारी दिए।

साहित्य सदन, रामहिटी बौद्धमा आयोजित कार्यक्रममा श्रोताहरुले सम्मानित अतिथिहरूलाई खादा र सास लगाएर सम्मान गरेका थिए।

कार्यक्रमको सभापतित्व उपन्यासकार शङ्कर भारतीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा सबै अतिथिहरुलाई सामूहिकरूपमा स्वागत गरिएको थियो। कार्यक्रमको सहजीकरण कबा व्यवस्थापक विमल कोइरालाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.