सुचना, समाचार र मनोरन्जन

फिटनेसमा ब्राण्ड बन्दै ‘आव्या’, एउटै छानामुनि लक्जरी सुविधा

२० रोपनी क्षेत्रफलमा १९ करोड लगानी

सन्तोष बस्याल

पोखरा ।

हिजोआज मान्छेहरू आफ्नो ज्यानलाई लिएर तनावमा देखिन्छन् । मोटाएको, दुब्लाएको, हृष्टपुष्ट नभएको, बलियो नभएको भन्दै मान्छेहरू यसको समाधानका लागि विभिन्न उपायहरू खोजिरहेका हुन्छन् । जस कारण सहरमा जिम सेन्टर खुल्ने क्रम पनि तीव्र छ ।

उसो त शरीरलाई स्वस्थ राख्न व्यायाम गर्नुपर्ने सल्लाह डाक्टरको हुन्छ । यसले पनि शहरमा जिम सेन्टरहरू बाक्लिन थालेका छन् । करोड लगानी गर्न समेत पछि पर्दैनन् । जिम सेन्टरहरूमा मान्छेहरूको उपस्थिति पनि बाक्लै छ । दैनिक व्यायामले शरीरलाई तन्दुरुस्त बनाउने आस सहित सुगठित शरीरका लागि मान्छेहरु जिम धाउने गरेका छन् ।

जिम सेन्टर पुग्नेहरूको आ–आफ्नो उद्देश्य हुन्छन्। दैनिक व्यायामले शरीरलाई स्वस्थ गराउँछ भन्ने केहीको सोचाइ हुन्छ भने कोही शरीरलाई सुगठित बनाउन पुग्छन्। विशेषगरी तन्नेरी पुस्ता शरीर सुगठित बनाउने उद्देश्य राखेर यस्ता सेन्टरमा पुग्छन्। पाखुरा मोटो र आकर्षक बनाउने, ‘सिक्स प्याक’ बनाउने, छाती चौडा गर्ने चाहना उनीहरुको हुन्छ ।

लक्जरी सुविधा सहितको चाहना समेत सबैको हुन्छ । जसलाई अनुसरण गर्दै पोखरामा एक वर्ष अगाडि आव्या हेल्थ क्लबको स्थापना गरिएको हो । पोखरामा आव्या क्लबको स्थापना गर्नुपर्छ भनेर लाग्ने हुन् निरोज लामा । उनी क्लबका प्रबन्ध निर्देशक हुन् । उनकै पहलमा नै आव्या क्लब संचालनमा आयो भन्दा फरक नपर्ला ।

आव्याको स्थापना

निरोजलाई बच्चै देखि नै फिटनेस मन पथ्र्यो । उनको सोच समेत भविष्यमा फिटनेसमै लाग्ने थियो । जुन आज आएर पूरा भएको छ । फिटनसमा लागेर उनलाई छुट्टै पहिचान मिलेको छ ।

आज भन्दा २० वर्ष अगाडि काठमाडौंमा निरजले ज्यासमिन फिटनेस सेन्टरको स्थापना गरे । त्यतिबेला नै उनले ३ करोड लगानीमा फिटनेस सेन्टर खोलेका थिए । सो समयमा सहरमा फिटनेस सेन्टरको भीड अहिले जस्तो थिएन, सिमित हुन्थे । विस्तारै सहरमा मान्छेको घनत्व बढ्दै गयो । भोकविलासीमा रम्न थाले । जसले फिटनेसको आवश्यकतालाई अझ प्रभावकारी रुपमा बढाउन थाल्यो ।

काठमाडौं निरोजको स्थायी घर भएता पनि पोखरा औधै मन पर्ने । पहिले देखि नै पोखरामा फिटनेस सेन्टरको स्थापना गर्ने सोच बनाएका थिए । आफुले गरिरहेको व्यवसायलाई काठमाडौंमा मात्र सिमित राख्नु उनलाई मन लागेन । पोखरामा ठाउँ खोजे र साथीभाइहरुको साथ मागे । पोखराको मनोरम वातावरणले उनले लालयित बनायो । उसो त फिटनेस मान्छेको स्वस्थ सँग सम्बन्धित भएकाले पनि कोलाहल रहित वातावरणको आवश्यकता निरोजलाई थियो । हेर्दै जाँदा उनलाई मन पर्ने ठाउँ बन्यो घारीपाटन ।

जहाँबाट माछापुच्छ«े हिमालको सुन्दर दृश्य प्रष्ट देखिन्छ । हाँसीरहेको माछापुच्छे«लाई हेर्दै शारीरिक व्यायाममा रमाउनुको मज्जा बेग्लै छ । आव्या क्लब संयुक्त लगानीमा संचालनमा आएको हो । कन्सेप्ट निरोजको भएता पनि उनलाई साथ दिने अन्य ७ जना छन । पोखराको प्रतिष्ठित व्यवसायिक घराना केसी ग्रुपको समेत लगानी रहेको छ ।

आव्या क्लबमा अत्याधुनिक जीम सहित स्विमिङ, पुल, रेष्टुरेन्ट, स्पा, साउन, स्टिम, उफ्रो, हार्ड टेनिक कोर्ट, कन्फ्रेन्स हल, योगा लगायतको सुविधा उपलब्ध रहेको निरोजले जानकारी गराए । उनका अनुसार ११ हजार स्क्वायर फिटमा संचालनमा रहेको जिमको सम्पूर्ण सामाग्री अमेरिकाबाट ल्याइएको हो । जीमहलमा एकै पटक तीनसय जनाले सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

संसारको पहिलो पवित्र आत्मा आव्या भएकाले पनि फिटनेस क्लबका नाम आव्या राखिएको धारणा उनको छ । सर्वसुलभ मुल्यमा ५ देखि ८० वर्षसम्मका वर्गलाई लक्षित गरी क्लब संचालन गरिएको हो । सुरुमा १४ करोड लगानीमा क्लबको स्थापना गरिने भनिएता पनि हालसम्म लगानी बढ्दै गई १९ करोड पुगेको उनले बताए ।

फिटनेस र प्रकृति परिपूरक

फिटनेस नेचरसँग सम्बन्धित भएको तर्क उनको छ । वातावरण सुहाउँदो शारीरिक व्यायाम गरियो भने त्यसले अर्थ लाग्छ । सकरात्मक व्यवसाय र युवाको संल्गनताले फिटनेसको क्षेत्रमा बढ्वा दिइएको पाइन्छ ।
फिटनेस व्यवसायबाट फड्को मार्ने सम्भावना अधिक रहेको निरोज बताउँछन् । प्रकृति प्रद्धत व्यवसाय उभो लाग्ने दृष्टिकोण उनको छ । उसो त विश्वमा नै फिटनेसको क्षेत्रमा लगानी बढ्दो छ । विश्वकै उत्कृष्ट २० व्यवसायिक क्षेत्र भित्र फिटनेस परेको निरोज बताउँछन् ।

आव्यामा ट्रेनरहरु पनि तालिम प्राप्त छन् । विश्वस्तरिय शारीरिक सुगठन प्रतियोगितामा सहभागि भई पुरस्कृत भएका ट्रेनरहरुबाट आव्याले सेवा प्रवाह गरिरहेको छ । बितेको एक वर्षमा पोखरेली नागरिकबाट राम्रै तारिफ मिलेको निरोज बताउँछन् । उनका अनुसार आव्या फिटनेसमा ब्राण्ड बन्दै गएको छ । एउटै छानामुनि लक्जरी सुविधा उपलब्ध छ ।

फिटनेस क्लब किन आवश्यक ?

शारीरिक व्यायाममा अनुशासन कायम राख्नका लागि फिटनेस क्लबको आवश्यकता छ । व्यायाम त घरमै पनि गर्न सकिन्छ । तर घरमा गर्दा टे«नर हुँदैनन् । अल्छीपना हुन सक्छ । व्यायामलाई आवश्यक पर्ने अनुशासन कायम नहुन सक्छ । प्रक्रिया नपुग्न सक्छ । त्यसैले पनि फिटनेस सेन्टर र फिटनेस क्लबको आवश्यकता पर्छ । निरोज भन्छन्,‘जो व्यस्त हुन्छ, कामका कारण तनावमा हुन्छ त्यस्ता व्यक्तिलाई शारीरिक व्यायामको जरुरी हुन्छ । वेट टे«निङ जिम भन्दा पनि कार्डियो र स्ट्रेचिङ गर्दा आनन्द मिल्न सक्छ । दैनिक एक घण्टा आफ्नो शरीरका लागि फिटनेस क्लब धाएर प्रक्रियागत तवरले व्यायाम गर्दा समस्या हुँदैन ।’

उनका अनुसार व्यायामका लागि समय व्यायाम गर्नेले छनोट गर्ने हो । बिहान,दिउँसो वा बेलुकीको समय आफुलाई कुन उपयुक्त लाग्छ सो समयमा व्यायाम गर्दा हुन्छ । तर दिउँसो काम गर्नेले बिहानको समयमा व्यायाम गरेको राम्रो । फिटनेसमा मान्छेको आकर्षण बढाउन चेतनामा नै वृद्धि हुनुपर्ने आवश्यकतालाई निरोजले औंल्याएका छन् । समाज विकासका लागि मान्छेको स्वस्थ जीवनशैली आवश्यक छ । कुलतबाट बचाउन समेत फिटनेस जरुरी हुन्छ ।

जिममा आकर्षण बढ्दै

निरोज आफैले आज भन्दा ३० वर्ष अगाडि जिममा व्यायाम गर्दा महिनाको १ सय ५० रुपैयाँ तिर्थे । आज उनले नै संचालन गरेको फिटनेस क्लबमा महिनाको एक लाख बढी तिर्नेहरु पनि भेटिन्छन् । यसले मान्छेहरुको जिम प्रतिको आकर्षणलाई प्रष्ट झल्काएको छ । एउटै छानामुनी शारिरिक व्यायाम सम्बन्धि सबै सुविधाहरु खोज्नेहरुको जमात पनि बढ्दै गएको छ । पोखराका ग्राहकलाई सन्तुष्ट राख्ने बाटोमा निरोज अग्रसर छन् । भन्छन्, ‘आव्यामा आएका ग्राहकलाई सन्तुष्ट राख्ने जिम्मेबारी मेरो हो । त्यहि जिम्मेबारीलाई आत्मसात् गर्दै अगाडि बढिरहेको छु ।’

सामाजिक सेवामा समेत आव्या संलग्न छ । समाजसँग जोडिएर अगाडि बढीहरहेको छ । किरण केसी, प्रकाश केसी, रोसन केसी, विश्व गौतम , अशोक बहादुर मल्ल, बरुण खड्का र निरोज लामाको संयुक्त लगानीमा संचालनमा आएको आव्या माध्यम पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिन्छ ।

आव्यामा ३० जनाले रोजगार पाएका छन् । कर्मचारीको व्यवस्थापनमा समेत आव्याले ध्यान पुर्याएको छ । निरोज भन्छन्,‘हाम्रो लगानी आजको भोली प्रतिफल खोज्ने लगानी होइन । दीर्घकालिन सोचका साथ लगानी गरिएको हो । त्यसैले कोभिड होस् या आर्थिक मन्दीका समयमा पनि हामी नआत्तिकन मिसन पुरा गर्न लागिरहयौं ।’

उनले आफुहरु कसैको प्रतिस्पर्धी नभएको बरु आफ्नो प्रतिस्पर्र्धा आफैसँग भएको उल्लेख गरे ।

सेवासुविधा अनुसारको शुल्क निर्धारण

खासगरी आव्यालाई बजारका अरु फिटनेस सेन्टरसँग पनि दाज्ने गरिन्छ । शारिरिक व्यायाम नै हो गर्ने किन महङ्गो तिरेर आव्या जाने भन्नेहरु नभएका होइनन् । तर आव्याले दिने सेवा सुविधा मार्फत त्यसलाई चिरेको आभाष हुन्छ । आव्याले उपलब्ध गराएको सेवा अनुसार शुल्क महङ्गो नभएको निरोजको भनाई छ । अरु भन्दा लगानी ठूलो र जिमका सामाग्री पनि उच्च क्वालिटीको भएकाले शुल्कमा सामान्य अन्तर बाहेक धेरै नभएको जिकिर उनको छ ।

Leave A Reply

Your email address will not be published.