काठमाडौं :
‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता(अभिनेत्री घोषित भएका छन्। चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता(अभिनेत्री घोषित भएका हुन्।
फोटो : सुरेन्द्र थापा
अभिनेता कार्कीले फिल्म ‘प्रसाद २’बाट र अभिनेत्री खड्काले ‘दिमाग खराब’बाट पुरस्कार प्राप्त गरेका हुन्। उत्कृष्ट निर्देशक फिल्म ‘दिमाग खराब’बाटै निश्चल बस्नेतले हात पारे। यो वर्ष सबैभन्दा धेरै अवार्ड फिल्म ‘बुलाकी’ले हात पार्यो। उत्कृष्ट फिल्मसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा पुरस्कार बाँडिएको थियो। उक्त अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो।
साथै अवार्ड कार्यक्रममा चलचित्र दीर्घ साधना सम्मान पनि प्रधान गरिएको थियो। जसमा नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरियो।
अवार्ड विजेताहरूको सूची:
• उत्कृष्ट चलचित्र: बुलाकी
• उत्कृष्ट अभिनेता: विपिन कार्की (प्रसाद २)
• उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
• उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
• उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
• उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
• उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
• उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार
• अभिनेत्री: स्वस्तिमा कार्की (टुल्की)
• व्यावसायिक चलचित्र: जारी
विशेष योगदान सम्मान
• तैय्यव शाह – कलाकार
• कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
• नारायण प्रधान – द्वन्द्व निर्देशक
• विद्या कार्की – कलाकार
• नरेन्द्र महर्जन – प्रदर्शक
• नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
• भोज बहादुर गुरुङ – निर्देशक/निर्माता
• अमुल कार्की ढली – सङ्गीत संयोजक
• ध्रुव कुमार श्रेष्ठ – प्रदर्शक
• बुद्धि तामाङ – कलाकार
• सबिता गुरुङ – कलाकार
विशेष चलचित्र पुरस्कार
सतीदेवी, सुगुप (लिम्बु भाषा), र मार्कली (गुरुङ भाषा)