पोखरा :
राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवम् राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न भएको छ। बुधबार पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित उक्त कार्यक्रम भएको हो।
राधाकृष्ण मन्दिर शान्ति आश्रम परिसरमा आयोजित कार्यक्रमको राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत् भाष्कर कमलनयन गौतमले उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै भागवत् भाष्कर गौतमले गुुरुकुलका माध्यमबाट समाजको रुपान्तरणका लागि योगदान गर्न सकिने बताउँदै त्यसतर्फ लाग्नुु जरुरी भएको बताए। पोखरामा हाल नौवटा गुरुकुल सञ्चालनमा आएको बताउँदै उहाँले सबैको सामुहिक प्रयासमा बैदिक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।
राधाकृष्ण गुुरुकुल लगायत गुरुकुलहरूका समस्या समाधानका लागि आँफू निरन्तर लाग्ने उहाँले विश्वास व्यक्त गरे। राधाकृष्ण गुरुकुल परिसर नजिकै भैरहेको फोहोर व्यवस्थापनको विषयसँगै यहाँका हरेक समस्याको समाधानमा हातेमालो गर्दै जाने उनले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्रप्रसाद रेग्मीले गुरुकुल सञ्चालनलाई दीगो र प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए।
उनले राधाकृष्ण मन्दिर शान्ति आश्रमसँगै यससँग जोडिएका गुरुकुल र बृद्धाश्रमको सामुहिक प्रयास आवश्यक हुने कुरामा जोड दिए।राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेशबहादुर खत्रीले गुरुकुल सञ्चालनमा लागि वार्षिक खर्चका समस्थामा बारेमा आफ्ना भनाई राखेका थिए। उनले वार्षिक २८ लाख रुपैयाँ खर्च हुने गरेको र यसका लागि १८ लाख रुपैयाँ मात्र आउने भएकोले बाँकी १० लाख रुपैयाँको स्रोत जुुटाउन समस्या पर्दै आएको बताए।
महानगरपालिकाले आफूहरूको बिरोधका बाबजुद पनि राधाकृष्ण मन्दिर परिसर नजिकै फोहोर व्यवस्थापन गर्दा यहाँका अध्ययरत विद्यार्थी, बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकका साथै भक्तजन प्रदुुषणको मारमा पर्दै आएको बताए। यसका लागि उनले यही फोहोर व्यवस्थापनका नाममा वडामा आएको बजेट यस क्षेत्रका लागि एक रुपैयाँ पनि विनियोजन नभएकोमा दुुःखेसो पोखे।
डा सुदस्य तीर्थबहादुर सुुयाँलले राधाकृष्ण मन्दिर, गुरुकुल तथा विद्यालयको सहयोगका लागि वडा प्रतिवद्ध भएको बताउँदै गुरुकुलमा शौचालय निर्माणको काम चाँडै नै सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे। गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले यहाँस्थित राधाकृष्ण मन्दिर, गुरुकुल र बृद्धाश्रमको एकतावद्ध प्रयास बढाउँदै यसलाई विशिष्ट धार्मिक एवम् शैक्षिक गन्तव्यका रुपमा विकास गर्नुुपर्ने आवश्यकता औंल्याए। विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्यायले विद्यालयको शैक्षिक एवम् आर्थिक अवस्था लगायतका विषयमा प्रकाश पारेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्रप्रसाद रेग्मीको अध्यक्षता एवम् सहायक प्रधानाध्यापक प्रविण पौडेलले सञ्चालन गरेको यस कार्यक्रममा पद्मजगत स्मृति प्रतिष्ठानका उपाध्यक्ष झलकप्रसाद खनाल, विद्यालयका शिक्षक दामोदर गौतम, माधवशरण उपाध्याय, विद्यार्थीहरू अमर घिमिरे, संदिप सापकोटा, अनिश दहाल लगायतले आफ्ना भनाई राखेको थिए।
वार्षिकोत्सवका अवसरमा विद्यालयको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि अक्षयकोष स्वरुप स्व.मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार १११ रुपैयाँ, भगवती पन्तले ५२ हजार ५५ रुपैयाँ, खगराज अधिकारीले ३७ हजार रुपैयाँ, वासुदेव दाशी तिवारीले ५० हजार रुपैयाँ, दीव्यरमण अर्यालले १५ हजार पाँच रुपैयाँ, सूूर्यमणि सुवेदीले १५ हजार पाँच रुपैयाँ, विष्णुुमाया पण्डितले १५ हजार १५५ रुपैयाँ, गोविन्दप्रसाद पगेनीले ११ हजार १११ रुपैयाँ अक्षयकोष रकम हस्तान्तरण गरेका थिए।
कार्यक्रमकै अवसरमा गुरुकुलबाट एसइई उत्तीर्ण विद्यार्थीहरू सन्दीप पौडेल, अंकित पौडेल, अभिषेक आचार्य, सुशिल खनाल, कृष्ण घिमिरे र रुपेश हुमागाईलाई सम्मान गरिएको थियो । त्यस्तै गोविन्दप्रसाद कोइरालाद्वारा स्थापित छात्रबृत्ति अक्षयकोषबाट छात्रबृत्तिमा पर्न सफल विद्यार्थीहरू कक्षा ६ देखि १० सम्म क्रमशः सुदीप रेग्मी, नीराजन दहाल, किस्मत रिजाल, रोहित शर्मा र सन्दीप सापकोटालाई पुरस्कृत गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा विभिन्न सहयोग गर्ने विवस बस्नेत, विनिता पण्डित घिमिरे, कृष्णबहादुर विक लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले रचना गर्नुुभएको नेपाली हाम्रो श्रम र सीप कविता वाचन गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
त्यस्तै २०८० को वार्षिक परीक्षामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः कक्षा ७ का नीराजन दाहाल, अजय घिमिरे र सुशान्त मरासिनी, कक्षा ८ का कीस्मत रिजाल, आशिष सापकोटा, र प्रहार दाहाल, कक्षा ९ का रोहित शर्मा, सन्दीप शर्मा र अमर घिमीरे, कक्षा १० का अनीष दाहाल, सन्दीप सापकोटा र गौरव अधिकारीलाई पुरस्कृत गरिएको थियो ।