सुचना, समाचार र मनोरन्जन
tigar

‘हेरें सानूलाई’ भन्दै आइन् प्रतिक्षा काफ्ले

काठमाडौं :

प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ। प्रतिक्षा र जिवन अभिनित गीत ‘हेरें सानूलाई’को म्युजिक भिडियो सार्वजनिक भएको हो।

sfal

युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो। शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग रहेको गीतको भिडियोमा दुवैले अभिनय गरेका हुन्।

यस गीतमा अजय अधिकारीको रेकर्डिङ,बिमल ढकालको छायांकन,राजन महर्जनको कोरियोग्राफी,ललित सिंह साउदको सम्पादन रहेको छ भने मदन न्यौपानेको मेकअप रहेको छ। गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल यु आर म्युजिकबाट रिलिज गरिएको छ। ‘तिम्रो आकर्षणले,आँखामा निद,नघोच यो छाती,तिमीलाई नै लगायत २ दर्जन भन्दाबढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसकेकी मोडल काफ्लेको ‘यो हावा चंचल हुन्छ,खतरा होला नि,मायाले’ निकै गीतहरु सार्वजनिक हुने तयारीमा रहेका छन्।

https://www.youtube.com/watch?v=PZIgQxCpHMg

Leave A Reply

Your email address will not be published.