सुचना, समाचार र मनोरन्जन

लक्ष्मीपुजाको दिन तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेसियामा

काठमाडौं :

तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेसियामा हुने भएको छ । नेपाली गीत संगीत, चलचित्र तथा फेशनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उदेश्य सहित यसपटक यो अवार्ड मलेशियामा आयोजना गर्न लागेको आयोजक संस्थाले जानकारी दिएको छ।
संस्थाका अध्यक्ष एवम् चलचित्र÷म्युजिक भिडियो निर्देशक उमेश गुरुङलेयस पटकको अवार्ड मलेसियामा गर्न लागेको बताए।
यस अवार्डको आयोजक टिमका सल्लाकारमा पूर्ण सुब्बा योङहाङ रहेका छन् । अवार्डको मलेसिया आयोजक टिममा एनआरएन मेलेसिया युवा संयोजक राजु तामाङ, पत्रकार इश्वर राई रहेका छन्। आगामी २६ कात्तिकमा लक्ष्मीपुजाको दिन हुने मलेसियाका अवार्ड आयोजक समितिका सल्लाहकार पूर्ण सुब्बा योङहाङले बताए।

अवार्ड आयोजनाबारे योङहाङले भने,‘हामी बृहत रुपमा अवार्ड सम्पन्न गर्न जुटिरहेका छौं । दुई दिन भित्रै जोहरवारुमा अवार्ड आयोजक समिति गठन गरेर सो समिति एक्सनमा उत्रने छ ।’

Chaka Panja

अवार्ड समारोहमा मलेशियामा रहेर गीत संगीत, सामाजिक कार्य तथा विभिन्न क्षेत्रमा योगदान दिएका नेपालीहरुलाई पनि विशेष योगदान सम्मान गरिने समेत सल्लाहकार पूर्ण सुब्बा योङहाङले जानकारी गराए । मलेशियामा रहेका नेपालीहरुबीच तिहारको शुभकामना आदन प्रदान सहित यो अवार्ड गरिने पनि उनले बताए । यस्तै अर्का आयोजक राजु तामाङले मलेलियामा यसपटक लुकीचोरी अवार्ड नहुने बताए। बैधानिक रुपमा यो अवार्ड आयोजना गर्ने जानकारी दिए।

यता काठमाडौंमा बिहिबार एस पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ । अवार्डका लागि बिहिबारबाटै फारम खुला गरिएको पनि आयोजक उमेश गुरुङले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । उनका अनुसार आगामी ११ असोजसम्म यो अवार्डमा सहभागी हुन चाहनेले फारम भरिसक्नु पर्ने छ । आगामी असोज १५ मा अवार्डको मनोनयन सार्वजनिक गरेर मनोनयनमा परेकाहरुका लागि मलेलिया जाने प्रकृया सुरुगर्ने पनि उनले जानकारी गराए ।

अवार्डको लागि यसपटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि गुरुङले जानकारी गराए । जसमा २०७९ साउनबाट २०८० भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन् ।

Leave A Reply

Your email address will not be published.