काठमार्डौ :
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रदर्शनरत ‘पूर्णबहादुरको सारंगी’ हेरेका छन्। हलमा नै पुगेर पुरा फिल्म हेरेका हुन्। उनले फिल्म हेरिसकेपछि फिल्मका मुख्यअभिनेता अभिनेता विजय बरालको तारिफ गरेका छन्। उनले बिजय बरालको अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको बताएका छन्।
शुक्रबार दिउँसो राजधानीको एक हलमा पुगेका थिए भट्टराईले फिल्मबाट आफू प्रभावित बनाएको बताए। फिल्म हेरिसकेपछि नेता भट्टराई सामाजिक संजालमा लेख्छन्, ‘ऐतिहासिक रूपले नेपाली समाजमा गीतसंगीत क्षेत्रका अगुवा तर उल्टै सबभन्दा उत्पीडित र अपहेलित गन्धर्व (गाइने) परिवारको मार्मिक संघर्षको कथामा आधारित यो फिल्म सबै सहृदयी मनहरूले हेर्नैपर्छ । पटकथा, छायांकन, संगीत, अभिनय प्रशंशायोग्य छन् । मैले बुझेसम्म मुख्य भूमिकामा रहेका विजय बरालको यो अहिलेसम्मकै उत्कृष्ट अभिनय हो ।’
सरोज पौडेल निर्देशित फिल्ममा बरालका अलवा अन्जना बराईली,प्रकाश सपुत,बुद्धि तामाङ,मुकुन भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ। गन्दर्भ समुदायको पेशामा उनीहरुको सन्तानले के कसरी बुझेका छन् भन्ने भाव फिल्मले कथा पेश गर्छ। समिक्षात्मक रुपमा उत्कृष्ट बनेको यो फिल्मले देशभरका हलमा हाउसफुल भइरहेको छ।