सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘ब्याक टु नाइन्टिज’ कार्यक्रम भव्य रूपमा सम्पन्न

पोखरा/

पोखरामा पोखरेली साङ्गितिक कलाकार संघ को आयोजना तथा पोखरा महानगरपालिकाको प्रबर्द्धनमा सम्पन्न ‘ब्याक टु नाइन्टिज’ कार्यक्रम हज्जारौं दर्शकको उत्साहजनक उपस्थिति तथा संगीतमय वातावरणबीच भव्य रूपमा सम्पन्न भयो।

सूचना तथा सञ्चार मन्त्री,माननिय पृथ्वी सुब्बा गुरुङ , पोखरा महानगरपालिकाका प्रमुख , विभिन्न श्रष्टा, कलाकार, तथा संगीतप्रेमीहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनायो। ९० को दशकका पोख्रेलि ७ ब्याण्डका चर्चित गीतहरू, , र सांगीतिक प्रस्तुतिहरूले उपस्थित सबैलाई पुराना दिनहरूमा फर्काएर रमाइलो अनुभूति गरायो।

Gandarbha

आयोजकले पोखरालाई ‘टुरिजम क्यापिटल’ का रूपमा र पोखरा भर्मण बर्ष २०२५ लाई स्थापित गर्ने हाम्रो अभियानलाई मजबुत पार्ने यो कार्यक्रम सफल बनाउन सहयोग गर्ने पोखरेली जनसमुदाय , कलाकार, प्रायोजक, स्वयंसेवक, र दर्शकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

पुराना दिनहरूको यादलाई स्मरण गर्दै पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न आवस्यक देखिन्छ।

Leave A Reply

Your email address will not be published.