Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्की प्रशासनले बिक्रेतालाई भन्यो “ग्यास सञ्चित गरेर नराख्नु”
- अदिती बुढाथोकीको बलिउडमा अर्को फड्को, सोनाक्षीका श्रीमान जहीरसँग ‘फरिश्ता’मा काम
- महाकाव्यकार दाहालको ‘जागृति’ गीति एल्बम लोकार्पण, डाक्टर पोखरेल सम्मानित
- ‘ल्याङ्ग ल्याङ्ग’अनुबन्ध भए जीवनजंग बस्न्यात
- गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
- ‘अधकट्टी’, ‘सुश्री सम्पत्ती’का निर्देशक आचार्यले फिल्म ‘पच्चीस पच्चीस’निर्माण गर्ने
- नेपाली फिल्मको अन्तर्राष्ट्रिय उत्सव ‘इन्फा अवार्ड’को भव्य तयारी, कलाकारहरूलाई निमन्त्रणा
- निर शाह निर्देशित ‘कमला मिस’को काठमाडौंमा भव्य प्रियिमर,फिल्मले बोल्यो बालमनको पीडा
- चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन
- कास्कीबाट फरार प्रतिवादी पक्राउ
देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम
जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
विभागका बाढीविद् विनोद पराजुलीले आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको बताउनुभयो ।
विभागका अनुसार गएको २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा कास्कीको याङ्जाकोटमा ९८.६ मिमी मापन गरिएको विभागले जनाएको छ ।