Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ
- दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
- स–साना नदीहरुको बहाव बढ्नेहुँदा सतर्कता अपनाउन आग्रह
- वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- स–साना नदीहरूको बहाव बढ्नेहुँदा सतर्कता अपनाउन आग्रह
- सुनचाँदीको मूल्य बढ्यो
- साउन महिना सरकारी राजश्वमा वृद्धि
- विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
- तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
- कोशीटप्पुको निगुरो काठमाडौंको कालीमाटी पुग्छ
स–साना नदीहरुको बहाव बढ्नेहुँदा सतर्कता अपनाउन आग्रह
काठमाडौँ,
जल तथा मौसम विज्ञान विभागले देशका स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार किरिन नदी, बर्दिया जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुका उच्च सतर्क रहन आवश्यक छ ।
‘आज सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनँहु, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने स–साना नदीहको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ’, विभागका विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।