सुचना, समाचार र मनोरन्जन

बाढीले रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित

काठमाडौँ,

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो।

क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको रसुवागढी जलविद्युत केन्द्रको प्रशासन प्रमुख टिकनाथ पौडेलले जानकारी दिए ।
‘हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ । हाम्रा गाडीहरु पनि बगेका छन्,’ उनले भने, ‘साथीहरु अडिट टु भनिने जंगल क्षेत्रमा गएर बसिरहनु भएको छ।’

आयोजनाका दुई महिलासहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको उनले बताए ।

हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.