बाग्लुङ,
बाग्लुङको निसीखोला गाउँपालिका–२ उपल्लोबेङ्ग्री गाउँमा सडकको पहुँच पुगेको छ । ट्र्याक खोल्न शुरू गरेको सात वर्षपछि उपल्लोबेङ्ग्री सडकले जोडिएको हो । २०७५ सालमा गाउँलाई सडकले जोड्न ट्र्याक खोल्न थालिएको थियो ।
भौगोलिकरुपमा विकट उपल्लोबेङ्ग्रीमा सडक पुगेपछि स्थानीयवासी खुशी भएका छन् । ९१ लाख रुपैयाँ खर्च गरेर यसवर्ष उपल्लोबेङ्ग्री सडक विस्तार भएको निसीखोला गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष कुविर बिकले बताउनुभयो ।
अब स्थानीयवासीलाई यातायात र सामान ढुवानीको सास्ती हट्ने भएको छ । उपल्लोबेङ्ग्रीमा ६५ परिवारमा झन्डै दुई सय जनाको बसोबास छ । सडकले गाउँ जोडिएपछि दैनिकी फेरिने स्थानीय खुमबहादुर खत्रीले बताउनुभयो ।