सुचना, समाचार र मनोरन्जन

हरर फिल्म ‘ममी’,माघमा हलमा चल्ने

काठमाडौं :

को शिर्ष भुमिका रहेको हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको टिजर रिलिज गरेको हो। टिजरमा सुलक्षण भारती, दीया मास्के,प्रियंका कार्कीको पनि शीर्ष भूमिका रहेको छ।

सार्वजनिक भएको टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मको कथ्यबारे महत्वपूर्ण प्रकाश पारेको छ। फिल्ममा नेपाली समाजमा रहेको परिवारको प्रिय घरपालुवा कुकुरको मृत्युपछि कालो बिरालो पाल्दा घरमा आउने श्रृंखलाबद्ध रहस्यमय घटनालाई समटेको देखिन्छ।
प्रियंका कार्कीले खेलेको यो दोस्रो हरर फिल्म हो। यसअघि उनले ‘चि मुसी चि’मा अभिनय गरेकी थिइन्। जुन फिल्म हलमा असफल भएको थियो। यो फिल्ममा दिया,प्रियंका र सुलक्षणका अलवा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलेको पनि अभिनय रहेको छ।

सो–ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई समर निरौलाले निर्देशन गरेका हुन्। पटकथा लेखनमा निरौला र पूर्णिमा जोशीले सहकार्य गरेका छन् । फिल्मलाई लगानी लोकराज जोशी र पूर्णिमा जोशीले गरेका छन् भने कार्यकारी निर्मातामा सुमन कोइराला छन्। निशाल पौडेल र शरद महतोले छायांकन गरेका हुन् । सम्पादन सुरेन महर्जनको छ। आगामी २५ माघबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरणको जिम्मा लिएका छन्।

Leave A Reply

Your email address will not be published.