सुचना, समाचार र मनोरन्जन

श्रम स्वीकृतिका काममा साइबर सेन्टरलाई निषेध

वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्रबाट श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ ।

‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ लगायत ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती सूचना तत्काल हटाउन निर्देशन दिएको हो ।

Pach Pandav

श्रम स्वीकृतिसम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको छ ।

विभागले आज सूचना निकालेर काममा भ्रम सिर्जना गर्ने गरी हुने खालका लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न आग्रह गरेको छ । सूचनाको बर्खिलाफ गरेमा वैदेशिक रोजगार ऐन २०६४ तथा अन्य प्रचलित कानूनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.