सुचना, समाचार र मनोरन्जन

‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको इन्ट्रि

काठमाडौँ :

नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिले दर्शकलाई उत्साहित बनाएको छ भने बल्छीको ‘रिल प्रेमिका’ पुकुको उपस्थितिले पनि सबैको ध्यान खिचेको छ।

Chaka Panja

बल्छी ध्रुवेले हालै निर्माण गरेको फिल्म ‘गोबर गणेश’ को प्रचारका लागि सिरियलमा विशेष उपस्थिति जनाएका हुन्। बल्छी ध्रुवे अर्थात् मरिचमान श्रेष्ठ र पुकु अर्थात् पुजन घिमिरे अतिथि कलाकारका रूपमा देखिँदा सिरियल अझ रोमाञ्चक बनेको छ।

सिरियल बाखपा एपमार्फत निर्माण गरिएको हो। निर्देशन तथा लेखन नेत्रबहादुर राउतले गरेका छन् भने सम्पादन राजकुमार कार्कीले गरेका छन्। क्यामेरामा ज्ञानकुमार कट्टवाल, लाइटमा सूर्य बोगटी, साउन्डमा सन्तोष राई र मेकअपमा कञ्चन गिरी रहेका छन्।

भाग ९ मा अतिथि दुई कलाकारसँगै बेगम नेपाली, विनोद राई, रेशम सापकोटा, दिया जिसी, मल्लिका बस्नेत, नेत्र राउत, नेत्र विक्रम खड्का, जयकुमार थापा, अनिता गिरी, नियुक्ति शेर्पा लगायत कलाकारहरूको अभिनय रहेको छ। ‘गाह्रो छ हो अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको सिरियलले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Leave A Reply

Your email address will not be published.