सुचना, समाचार र मनोरन्जन

बल्छी धुर्वे फिल्म्सको फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

काठमाडौं :

बल्छी धुर्वे फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ। मंगलबार मरिचमान श्रेष्ठको स्वरमा रहेको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको उक्त गीत रिलिज भएको हो।

गीतलाई मनोरञ्जनात्मक शैलीमा तयार गरिएको छ। फिल्म बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रको निर्देशन मरिचमान श्रेष्ठले गरेका छन् भने सम्पादन विपिन मल्लले गरेका हुन्।

गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी र संकल्प भुजेलको छायांकन रहेको छ। फिल्मको डीओपी शिवराम श्रेष्ठ हुन्। फिल्ममा कृष्ण केसी र योगेश काजीको संगीत समावेश छ।

सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको फिल्ममा मरिचमान श्रेष्ठ, वर्षा सिवाकोटी र पुजन घिमिरेलगायत कलाकारको अभिनय रहेको छ। फिल्म आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Leave A Reply

Your email address will not be published.