काठमाडौ :
अभिनेता प्रदीप खड्काले नेपाली फिल्म उद्योगमा धेरै संख्यामा फिल्म निर्माण गर्नुको सट्टा सीमित तर ठूलो बजेटका फिल्ममा लगानी गर्नुपर्ने बताए। उनले मिडियासँगको कुराकानीमा वर्षमा ५० वटा फिल्म बनाएर करिब १ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताए।
प्रदीपले भने,‘नेपालमा अहिले करिब ५० वटा फिल्म बन्छन्। हामी १० वटा मात्र फिल्म बनाऔँ। एउटा फिल्ममा २ करोड लगानी गर्नुभन्दा १० करोड रुपैयाँ एउटै निर्देशकलाई दिएर फिल्म बनाऔँ।’
उनी अभिनित फिल्म ‘एक्लो १’ यही पुष १७ गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा छ। अहिले उनी यसैको प्रमोसनमा जुटेका छन्।