सुचना, समाचार र मनोरन्जन

जीवनका संघर्ष बोलेको गीत ‘सारङ्गीको साथी’ बजारमा

काठमाडौं :

रमेश शेसी र सरिता गोतामे महारको स्वरमा रहेको गीत ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ। जीवनका संघर्ष, पीडा र संवेदनालाई सारङ्गीको मर्मस्पर्शी धुनसँग जोड्दै जीवनका विविध आयामलाई गीतमा प्रस्तुत गरिएको छ।

पीडामिश्रित सारङ्गीको धुन,भावनात्मक शब्द र कलाकारहरूको सशक्त अभिनयका कारण ‘सारङ्गीको साथी’ श्रोता तथा दर्शकको मन छुने गीत बन्ने अपेक्षा गरिएको छ। गीतमा टेकम पाण्डे ‘जिज्ञासु’को शब्द,सरिता गोतामे महारको संगीत तथा पूर्ण साम्योगको एरेन्ज रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले गरेका हुन्।

गीतको भिडियो डेनिस खनालको छायांकन र दिनेश मुस्कानको सम्पादनमा तयार गरिएको छ। भिडियोमा जीवनका संघर्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ। मुख्य भूमिकामा आयुष्मा कार्की (केशरी) र दिनेश मुस्कान देखिएका छन्।

भिडियोमा तुकमान बीके,अनिता साउद,अभिषेक लाम्साल, सिता पाण्डे र प्रयास कुमारको समेत अभिनय रहेको छ। भिडियोको निर्देशन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् भने डेनिस खनालले डीओपी तथा एरियल सिनेमाटोग्राफी सम्हालेका छन्। तुकमान बीके (गोपाल) सहायक निर्देशकका रूपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.