काठमाडौं :
राजनीतिक तथा सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘बिगुल’को शीर्ष गीत रिलिज भएको छ। सोमबार निर्माण टिमले ‘मरुभूमिमा पानीजस्तै’बोलको गीत ओएसआर डिजिटलमार्फत रिलिज गरेका हुन्।
उक्त गीतमा युवराज चौलागाईँ र अनु चौधरीको स्वर रहेको छ। गीतमा शब्द संगीत पछिल्लो अर्जुन पोखरेलको छ। गीतको भिडियोमा भने फिल्मका मुख्य कलाकार बेनिशा हमाल र नरेन खड्का फिचर्ड छन् ।
रमेश कोइरालाको निर्देशनमा निर्माण भएको यस फिल्मका कथाकार तथा निर्माता दिनेश कोइराला हुन्। फिल्ममा बेनिशा र नरेनका अलवा रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मा लगायत कलाकारको अभिनय रहेको छ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको यस फिल्म कल्पना पौडेलको प्रस्तुतिमा बनेको हो। फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन रहेको छ। संगीततर्फ विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईँको योगदान छ भने सम्पादन ‘तारा थापा ‘किम्भे’ले गरेका छन्।सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने जनाइएको छ। फिल्म आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउदैछ।