काठमाडौँ,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेका छन् ।
मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहसँग बुधबार टेलिफोनमा कुराकानी गरेका हुन् । सो क्रममा बाढीबाट भएको मानवीय क्षतिप्रति समवेदना व्यक्त गरेको मोदीले जानकारी दिएका छन् ।
उनले कठिन परिस्थितिमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन् ।
मोदीले नेपाललाई आवश्यक सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको उल्लेख गरेका छन् । साथै उद्धार तथा राहतका प्रयासमा भारतका सम्बन्धित टोलीले नेपालसँग नजिक रहेर समन्वय गरिरहेको बताएका छन् ।