काठमाडौं,
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाउनुभएको महानगरका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो ।
बालेन शाह आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय वनस्थली पुग्नुभएको छ । कार्यालय प्रवेशका क्रममा उहाँलाई रास्वपाका नेता/कार्यकर्ताले स्वागत गरेका छन् ।
बालेन शाह आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा तयारीमा हुनुहुन्छ ।
