काठमाडौँ,
प्रधानमन्त्री बालेन शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ। सोमबार भएको भेटमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समग्र विकासको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका मुख्यमन्त्री कार्यालय गण्डकीले जानकारी दिएको छ ।
मुख्यमन्त्री पाण्डेका प्रेस विज्ञ नरहरी सापकोटाका अनुसार गण्डकी प्रदेशसँग भारततर्फ जोडिएको (त्रिवेणीनाका) तथा चीनतर्फ मुस्ताङको कोरोला नाका, गोरखाको रुईलानाका एवम् अन्तर्राष्ट्रिय सीमा क्षेत्रको पूर्वाधार विकास र सीमा व्यवस्थापन सम्बन्धमा प्रधानमन्त्री शाहलाई मुख्यमन्त्री पाण्डेले आवश्यक जानकारी गराएका छन्।