सुचना, समाचार र मनोरन्जन

गलत भए जेल हाल्न बालेनको चुनौती

प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हालकाठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?

काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।

Leave A Reply

Your email address will not be published.