सुचना, समाचार र मनोरन्जन

बलेवा–मालढुङ्गा खण्ड स्तरोन्नति गरिँदै

बागलुङ/

एकवर्ष अगाडि सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बलेवा–मालढुङ्गा खण्डको कामले अहिले गति लिएको छ । गत मङ्सिरमा सक्नुपर्ने उक्त खण्डको काम बजेट अभावका कारण रोकिएको थियो ।

स्तरोन्नतिसहित कालोपत्रका लागि रु ५४ करोड लागतमा निर्माण थालिएको उक्त खण्डको हालसम्म ५० प्रतिशत काम सकिएको छ ।

अहिले सडक फराकिलो बनाउने, नाली निर्माणलगायत काम अन्तिम चरणमा पुगेको बलेवा–मालढुङ्गा खण्डका इञ्जिनीयर उत्वस बस्यालले जानकारी दिए ।
्
उनका अनुसार वि.सं. २०७९ मङ्सिर २६ गते सम्झौता गरेर खड्का,कृष्ण,बिएन जेभीले जिम्मा लिएको थियो । गत मङ्सिंर २९ गते सकिनुपर्ने काम लामो समय रोकिएपछि एक वर्षका लागि म्याद थप गरिएको इञ्जिनीयर बस्यालले बताए । निर्माण कम्पनीले आगामी मङ्सिर २४ सक्ने गरी निर्माणलाई तीव्रता दिएको उनको भनाइ छ ।

Chaka Panja

इञ्जिनीयर बस्यालले भने, “निर्माण कम्पनीले अहिले धमाधम काम गरेको छ, बलेवाबाट मालढुङ्गा खण्डको धेरै ठाउँमा कामदार लगाएर कालोपत्र गर्नेगरी तयारी भइरहेको छ, बर्खा अगाडि चार कलिोमिटर कालोपत्र सक्ने गरी काम भइरहेको छ । निर्माण कम्पनीले यही गतिमा काम गर्‍यो भने र बर्खामा ठूलो समस्या भएन भने मङ्सिरमा काम सकिन्छ ।”

कोरिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्दछ । त्यसमध्ये हालसम्म १० किमी सडक मात्रै कालोपत्र गरिएको बस्यालले जानकारी दिए ।

उनका अनुसार गुल्मी र बागलुङको सिमाना पालुङखोलाबाट बलेवासम्म पहिलो र बलेवाबाट मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । ट्र्याक खुलेको लामो समयपछि सडक कालोपत्र हुन थालेपछि यात्रुलाई सहज हुने भएको छ ।

सवारी चालक यमन थापाले साँघुरो र अप्ठ्यारो सडकका कारण जोखिम मोलेर वर्षौंदेखि यात्रा गर्दै आएको भन्दै अहिले सडक फराकिलो बन्दै गएपछि सहज भएको बताए । अहिले बलेवाबाट मालढुङ्गासम्म सडक फराकिलो र सजिलो भएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.