सुचना, समाचार र मनोरन्जन

समीर भट्टको जन्मदिनमा ‘बलिदान’को टिजर सार्वजनिक, दमदार देखियो एक्सन

काठमाडौं :

समिर भट्टको जन्मदिन पारेर उनी अभिनित फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। बुधबार समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो।

Chaka Panja

टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ। जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ। ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको। आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म।’
भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ। सन्तोष सेनको निर्देशनमा बनेको यो फिल्ममा समीरलाई कलाकारिता र अभिनयका सबै गुण भरिएका छन् र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको निर्माण पक्षको दाबी छ।

निर्देशक सेनले टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए। फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ। ‘आसुसेन फिल्म्स्‌ प्रालि’ को प्रस्तुति रहेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्। यो फिल्म दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक सेनले बताएका छन्।

Leave A Reply

Your email address will not be published.