सुचना, समाचार र मनोरन्जन

कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने अनुमान

काठमाडौँ/

सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ वार्षिक राष्ट्रिय लेखातथ्याङ्कअनुसार यस्तो अनुमान गरेको हो ।

साथै गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहेको थियो भने गैर कृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७९÷८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैर कृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको छ । यसैगरी प्राथमिक औद्योगिक क्षेत्रको ३।२५ द्वितीय औद्योगिक क्षेत्रको ४.६५ र सेवा क्षेत्रको ४।२१ प्रतिशत वृद्धिदर हुने अनुमान छ ।

Leave A Reply

Your email address will not be published.