सुचना, समाचार र मनोरन्जन

राजा लाउन्जमा सर्वनाशले कसलाई भने ‘के भाको’

काठमाडौँ :

सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा र्‍यापर सरोज मगरले नयाँ र्‍याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन्। जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा मङ्गलवार बेलुकी आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भिडियोसहित गीतलाई सार्वजनिक गरेका हुन्।

युट्युबमा रहेको उनकै म्युजिक च्यानल ‘सर्वनाश म्युजिक’ मार्फत सार्वजनिक गरिएको गीतमा गायन र र्‍यापमा सर्वनाशलाई डी–चेनले साथ दिएका छन् । यसको सङ्गीत भने कलज्ञ रेकड्र्सले तयार पाएको हो । यसमा बाँसुरी विकेश लामाको सुन्न सकिन्छ। गीत सार्वजनिक गर्दै सर्वनाशले अडियो र भिडियोमा उत्तिकै मेहनत गरेको बताए। उनले भने,‘र्‍यापमा केही गर्ने कोसिस छ, यो भावना व्यक्त गरेको र्‍याप गीत हो। हामीले सुखदुःख र आफ्नो भावनालाई यस्तै र्‍याप गीतमार्फत सार्वजनिक गर्ने गरेका छौँ। हाम्रो गीत सुन्नेले हामीलाई त्यहिबाट चिन्न र बुझ्न सक्नुहुन्छ । किनकि यो गीत मात्र नभई हाम्रो भावना हो ।’

उनले गीतअनुसार नै भिडियो पनि तयार परेको बताए। गीतको भिडियोलाई जुमनले तपार परेका हुन्। उनकै समूहले छायाङ्कन, सम्पादन र निर्देशनसहित भिडियोका सम्पूर्ण काम गरेको हो। भिडियोमा मुना योञ्जन र कञ्चन श्रेष्ठ फिचरीङ छन्। ट्रेक्स प्रोडक्सनले निर्माण गरेको भिडियो हेरेपछि सिनियर र्‍यापर हाकिम गुरुङले सबै टिमलाई बधाई दिए । पछिल्लो समय र्‍याप परिमार्जित र परिस्कृत भइरहेको उनले बताए।

‘पछिल्लो समय नयाँ पुस्ताले र्‍यापलाई सौखसँगै व्यवसायीकरण पनि गरिरहेका छन् । यसले पनि आगामी दिनमा नेपालमा र्याप विधाको भविष्य झन् राम्रो हुनेमा विश्वस्त छु। र्‍याप आफ्नो बेदना, भावना र पिडासँगै समाजको यथार्थलाई बाहिर ल्याउने माध्यम हो हामी र्‍यापरको लागि’, र्‍यापर हाकिमले भने।

उक्त कार्यक्रममा चलचित्र पत्रकार सङ्घका पूर्व उपाध्यक्ष कुवेर डंगोल, फिल्म निर्माता तथा अभिनेता किरण नेपाली लगायत उपस्थित थिए। निर्माता नेपालीले आफूले र्‍यापरकै विषयमा एउटा फिल्म निर्माण गर्न लागेता पनि विविध कारणले पुरा हुननसकेको तर भविष्यमा त्यो फिल्म बन्ने विश्वास व्यक्त गरे।

‘मैले र्‍याप सुनेको छु र यसका शब्दलाई महसुस गरेको छु । त्यसकारण मैले फिल्म बनाउने तयारी गरे, भिटेन त्यसमा अभिनय गर्दै थिएँ । विविध कारणले त्यो पुरा हुनसकेन। तर , भविष्यमा त्यो विषयलाई केही परिमार्जन गरेर पुनः फिल्म बनाउन सक्नेछु’, निर्माता नेपालीले भने।

र्‍यापर सर्वनाशको यसअगाडि ‘आउँ बस’, ‘कान्छी नानी’, ‘जादुपन’, ‘जिन्दगीको यात्रा’,‘हामी अल्लारे ठिटो’, ‘समय’, ‘सर्वनाशको सुरुआत’ लगायतका र्‍याप गीत सार्वजनिक भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.