सुचना, समाचार र मनोरन्जन

‘बिगुल’ को मुहुर्तमा नरेन र बेनीशाले उडाए परेवा

काठमाडौं :

रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्म ‘बिगुल’को अक्षय तृतियाको शुभ अवसर पारि शुभु मुहूर्त गरिएको छ। बुधबार कोटेश्वर महादेवस्थानमा फिल्मको मुहूर्त गरिएको हो।

यस फिल्ममा नरेन खड्का,बेनिशा हमाल नीर शाह,रमेश बुढाथोकी,गीता अधिकारी,हेमन्त बुढाथोकी,जेएन घिमिरे,सुमोद भारद्वाज,बिनयराज पौडेल,सुपा खनाल,बबि भारती,तुलसी लम्साल,जयन्त रेग्मी,बिकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलीयाले अभिनय गर्दैछन्।
बैशाख तेश्रो साताबाट चितवनबाट सुटिङ सुरु गरिने यस फिल्मले सामाजिक जागरण, समसामयिक राजनीति,आमनागरिकको कर्तब्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जन दिनेछ।

Protin

अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन। दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा,सम्वाद रहेको फिल्म शिब ढकालले खिच्ने छन्। कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन्। म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको फिल्ममा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहने छ।

विराज गहतराजको कोरियोग्राफी रहने फिल्मको निर्माण ब्यबस्थापकमा श्याम केसी छन्। मुहूर्त समारोहमा नेपाल जेसिसका पूर्व अध्यक्ष फूलकुमार लालवानी,त्रिभुवन बिश्वबिद्यालयका पूर्व सहायक डिन बिष्णुहरि कोइराला,नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मी बिलास कोइराला,चितवन काठमाडौं सम्पर्क समाजका अध्यक्ष ऋषिश्वर थपलिया, निर्देशक ऋषि लामीछानेलगायतका ब्यक्ति उपस्थित थिए।

‘बिगुल’ को मुहुर्त सटमा नेपाल सांस्कृतिक महासंघ बागमति प्रदेश संयोजक राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरेका थिए भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.