काठमाडौं :
बुधवारको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुट योजनासँगै चलचित्रले देशभरका अधिकांश सिनेमा हलहरूमा हाउसफुल भएका छन्। देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, आइएनआइ सिनेमा, बिग मुभिज, एफक्युब सिनेमा र वन सिनेमा लगायतमा बुधवार दर्शकको भीड उल्लेखनीय रहेको हल व्यवस्थापकहरूले बताए।
फिल्म वितरक गोविन्द शाहीका अनुसार, बुधवारको धेरै शो प्रायः बिहानै बुक भइसकेका थिए। वितरक र हल सञ्चालकहरूले काठमाडौंसहित धनगढी, विराटनगर, बुटवल, पोखरा, चितवन, नेपालगन्ज र झापा सम्मका हलहरूमा राम्रो व्यापार भइरहेको छन्।
समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढा, कविता राय लगायतको अभिनय रहेको यो फिल्ममा आमा–छोराको प्रेम, त्याग र देश प्रेमको कथा प्रस्तुत गरिएको छ। दर्शकहरूले फिल्मलाई भावनात्मक, यथार्थपरक र मनोरञ्जनात्मक मिश्रण भएको भन्दै प्रशंसा गरिरहेका छन्।
हप्ताभर हलमा दर्शक भेट्न पुगेका कलाकार र निर्माण टोलीले बुधवारको भीडलाई ‘बलिदान’प्रतिको विश्वास रहेको बताए। दर्शकहरू छुटको दिन पर्खेर हलतर्फ ओइरिँदा दोस्रो हप्ता सुरु भइसके पनि देशभर ‘बलिदानुको माग नघटेको प्रमाणित भएको निर्देशक सन्तोष सेनले बताए।
उनले थपे,‘दर्शकले मिहिनेतको कदर गरेर हल भरिदिँदा ऊर्जा दोब्बर हुन्छ। यो रफ्तार कायम रहनेमा विश्वस्त छु।’
‘आशुसेन फिल्म प्रोडक्सन प्रालि’को ब्यानरमा निर्माण भएको यो फिल्मका ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।