सुचना, समाचार र मनोरन्जन

राहुलको निर्देशनमा ‘बल्कि’ को घोषणा

काठमाडौँ :

शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणधिन चलचित्र ‘बल्कि’को नाम सार्वजनिक गरियो। फिल्म ‘बल्कि’को कथा दिनेश बि.क.ले लेखेका हुन् भने यस फिल्मलाई राहुल बराइलीले निर्देशन गर्ने भएका छन्।

Chaka Panja

म्युजिक भिडियो र फिल्मको गीतहरुमा नृत्य निर्देशकको रुपमा आफ्नो पहिचान बनाएका बराइली ‘बल्कि’बाट फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । उनलाई नवराज शर्मा, करण साउद र विश्व माझीले निर्देशनमा साथ दिने निर्माण पक्षले जनाएको छ।

द पाम ग्रुप प्रालीको ब्यानरमा निर्माण हुने ‘बल्कि’ का निर्माता सुदन खत्री हुन् भने कार्यकारी निर्माता शेखर लामा रहेका छन्। फिल्म ‘बल्कि’ले हास्य,रोदन, भावनात्मक, सामाजिक जातीय विभेद र छुवाछुतबाट सबैजना अलगिएर हामी सबै एक सम्मानित नागरिक हौ भन्ने सन्देश दिने कार्यकारी निर्माता लामाको भनाईछ । लामाले यो भन्दा पहिला बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ निर्माण गरिसकेका छन् ।

आगामी फागुनको अन्तिम साताबाट छायांकन सुरु गरिने यस फिल्मका लागि कलाकारहरु छनौट भइरहेको छ। फिल्ममा राजु किरातीको द्वन्द, बासु न्यौपानेको छायांकन रहने छ।

Leave A Reply

Your email address will not be published.