कास्की : अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल यही डिसेम्बर २४ (पुस ९ गते)देखि पोखरामा सुरु हुने भएको छ।
नेपालमा पहिलोपटक हुन लागेको फेस्टिभल बेलुन नेपाल प्रालिको आयोजनामा हुनेछ।
पोखराको पामे फाँटमा हुन लागेको फेस्टिभलमा नेपालसहित २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ।
फेस्टिभलका इन्टरनेसनल संयोजक रोबर्ट विकका अनुसार फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिनेछन्।
आयोजक कम्पनीका प्रबन्ध निर्देशक एवं फेस्टिभल संयोजक सविन महर्जनले फेस्टिभलमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र खेल समेत हुने परिचयलाई जानकारी दिए।
‘फेस्टिभलमा राष्ट्रिय कलाकारहरु दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ब्यान्ड लगायत पोखराका स्थानीय ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछन्’, उनले भने।
बेलुन नेपाल प्रालिले गत वर्षको फेब्रुअरीमा थाइल्याण्डमा भएको ‘इन्टरनेसनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाएको थियो।