सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पोखरामा पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव हुने

 

कास्की : पोखरामा सडक महोत्सव हुने भएको छ ।                                                                                                                                                                                                           पर्यटकिय सुन्दर नगरी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा विगत २५ वर्ष देखी निरन्तर रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ बर्षको स्वागतार्थ सडक महोत्सवको आयोजना हुन लागेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले मिति  पौष १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुने भएको छ ।

“सडक मै खाउ, सडक मै रमाउँ” भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको छ संयोजक विकास भट्टराईले बताए ।

Exchange and test

“परिवर्तित समय सँगै महोत्सवलाई अलि पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गरिरहेका छौ ।  कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार बढाउन होस, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिँदै आएको छ । समग्रमा सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ”, उनले भने, “ पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँवर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन थियो । नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे । तर, विगत २५ वर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ । यहि महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।“

महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादlत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषी, वनस्पती लगायतका कृर्षि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने उनले बताए ।

उनले पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकिय गन्तव्यको प्रवद्र्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडि ल्याई सज्जि सजावटका साथ व्यवसाय प्रवद्र्धन गरिने उनले परिचयलाई जानकारी दिए ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालिको टुवोर्ग वियर र सह प्रायोजकमा ज्याक ड्नियल ह्स्किी, पेप्सी, जिंक, खुकुरी रम रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् ।

Leave A Reply

Your email address will not be published.