सुचना, समाचार र मनोरन्जन

बन्दीपुर केबलकार शनिबारदेखि ठप्प

तनहुँ/

तनहुँको बन्दीपुर केबलकारको लिग भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ। शनिबार दुई नम्बर पोलसँगैको लिग भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो।

त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो।

डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ। केबलकारको मर्मतको काम भइरहेको छ। बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले भने केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको बताएका छन्।

केबलकार सेवा बन्द भए पनि स्काइ साइक्लिङ, जिपलाइन र रेस्टुरेन्ट सेवा भने नियमित रूपमा सञ्चालनमा छन्।

Leave A Reply

Your email address will not be published.