सुचना, समाचार र मनोरन्जन

वर्षाको प्रवेशसँगै ‘महाराजधिराज’मा स्टार कलाकारको भीड

काठमाडौं :

फिल्म ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ। निर्माण पक्षले बिहिबार अभिनेत्री वर्षा शिवाकोटीलाई निर्माणपक्षले अनुबन्ध गरेको छ। आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो।

यो लाइनअपसँगै निर्माणपक्षले फिल्ममा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ। केहि दिन अघि यस फिल्मका लागि जय किशन बस्नेत पनि निर्माण पक्षले अनुबन्ध गरेको थियो। उनलाई पनि दर्शकले एक महत्वपूर्ण भूमिकामा देख्ने निर्माण पक्षको भनाई छ। ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ।

आगामी फूलपातीमा प्रदर्शनमा आउन लागेको यस फिल्मलाई निर्देशक सेन स्वयंको लेखन रहेको छ। यसअघि उनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए। जुन फिल्म समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो। ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

Leave A Reply

Your email address will not be published.