सुचना, समाचार र मनोरन्जन

दीपेन्द्र के खनालको ‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत

काठमाडौं :

दीपेन्द्र के खनालको फिल्म ‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन् । बुधबार निर्माण कम्पनी र राउतबीच लिखित सहमति भएको हो। यस अघि फिल्ममा खगेन्द्र लामिछाने,अर्पण थापा अभिनेतामा अनुबन्ध भइसकेका छन्। त्यसैले फिल्ममा राउतले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने बुझिएको । सम्भवत : खगेन्द्र र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

Chaka Panja

आगामी फागुन १५ देखि सर्लाहीमा छायांकन हुने फिल्मलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रुपमा दीपेन्द्र छन् । यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनमा आधारित हुने छ।

उनी दोस्रो पटक मेयरमा माओवादीबाट विजयी भएका हुन्। केहि दिन अघि निर्देशक खनालसहितको टिम सर्लाहीमा लोकेसन हेर्न पुगेका थिए। अहिले उनीहरु काठमाडौं फर्कि सकेका छन् ।

Leave A Reply

Your email address will not be published.