सुचना, समाचार र मनोरन्जन

‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक

काठमाडौं :

आगामी मंसिर ७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘तेल भिसा’को तेस्रो गीत रिलिज भएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा श्रृंखलाबद्ध रुपमा पोस्टर तथा गीत सार्वजनिक भएको हो।

निर्माण टिमले ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीतपछि मंगलबार फिल्मको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरेको छ। अमेरिकामा खिचिएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको देख्न सकिन्छ।

Chaka Panja

निर्देशक शंकर घिमिरे कमब्याक फिल्ममा अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ। शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुवँर नृत्य गर्दै प्रस्तुत छन् भने फिल्मका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा देख्न सकिन्छ।

ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको ‘तेल भिसा’यस फिल्ममा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ। यसमा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिका निभाएका छन्। निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेका छन्। यो फिल्मलाई सुशन प्रजापतिले खिचेका छन्।

Leave A Reply

Your email address will not be published.