सुचना, समाचार र मनोरन्जन

वसन्तको तेस्रो गीत आयो ‘हेर्दै आँखामा’

काठमाडौं :

यहीँ चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वसन्त’को तेस्रो गीत ‘हेर्दै आँखा’मा रिलिज गरिएको छ। प्रदर्शनमा आउनु ६ दिन बाँकी छँदा निर्माण टिमले तेस्रो गीत रिलिज गरेको हो।

गीतमा सुगम पोखरेल र समिक्षा अधिकारीले गाएका छन्। फिल्मका कथाकार,लेखक तथा निर्देशक प्रकाश सपुतको शब्द तथा संगीतमा बनेको यो गीतलाई संगीत संयोजन योगेश काजीको छ।भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश र स्वस्तिमा खड्कालाई देख्न सकिन्छ। उनीहरुलाई फिल्मको कथा अनुसारकै संवादबाट गीतलाई भिडियोमा उठाइएको छ।

यो फिल्ममा प्रकाश र स्वस्तिमाका अलवा प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्रीको पनि अभिनय रहेको छ। गलबन्दी प्रोडक्सनबाट बनेको यो फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन्। कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको छ। प्रोजेक्ट हेड दिल शिरीष हुन्।

Leave A Reply

Your email address will not be published.