सुचना, समाचार र मनोरन्जन

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा ‘बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II’ आयोजना हुने

पोखरा/

नेपाली नयाँ वर्ष २०८२ को स्वागतलाई विशेष बनाउने उद्देश्यका साथ ‘बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II’ आगामी चैत ३१ गते (अप्रिल १३, २०२५) पोखराको बाराहीघाट मैदान, लेकसाइड मा आयोजना हुने भएको छ।

फेस्टिवलको आयोजक टिमका अनुसार कार्यक्रम साँझ ४ बजेबाट सुरु हुने र नयाँ वर्षको पूर्वसन्ध्यालाई ऊर्जा, उत्साह र संगीतको माध्यमबाट मनाउने उद्देश्य लिइएको छ।

यसपटकको संस्करण अघिल्लो वर्षको तुलनामा झनै भव्य र सशक्त रूपमा आयोजना गरिँदैछ, जसमा John & The Locals, Swar, Tribal Rain र Pahenlo Batti Muni जस्ता चर्चित ब्यान्डहरूले प्रत्यक्ष प्रस्तुति दिनेछन्।

कार्यक्रम संयोजक अनुसार पोखरा लगायत आसपास क्षेत्रका संगीतप्रेमीहरूका लागि यो कार्यक्रम नयाँ वर्षलाई सांगीतिक र सांस्कृतिक उत्सवको रूपमा मनाउने अनुपम अवसर हुने विश्वास लिएको छ।

Leave A Reply

Your email address will not be published.