सुचना, समाचार र मनोरन्जन
jaar

‘वसन्त साँझ’को तयारी : प्रकाश,शान्तिश्रीदेखि प्रीति र देवेन्द्रले पनि प्रस्तुती दिने

काठमाडौं :

आगामी चैत्र २२ गते रिलिज हुने फिल्म ‘वसन्त’को अफिसियल ट्रेलर शनिबार सार्वजनिक तयारी भईरहेको छ। यसैको उपलक्ष्यमा बसुन्धारास्थित सिटी स्क्वायर मलमा निर्देशक प्रकाश सपुतले ‘वसन्त साँझ’को आयोजना गर्ने भएका छन्।

सिनेमाको ट्रेलर सार्वजनिक गर्दै गायक समेत रहेको प्रकाश सपुतले कार्यक्रमको आयोजना गरिएको बताए। चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मल अगाडी आयोजना हुने ‘वसन्त साँझ’मा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुती दिनेछन्। सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गरेका छन्।

सपुतको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा प्रकाशका अलवा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु),अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ। फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.