काठमाडौं :
भटभटे माइला उपनामले परिचित बेगम नेपालीले दर्शकमाझ चर्चित सिरियल ‘गाह्रो छ हो’को भाग दुई दर्शकमाझ लिएर आउने भएका छन्।
‘भटभटे माइला’ र रियाशा दाहाल ‘पुतली’को जोडी रुचाइएको पहिलो भाग बन्द भएपछि दोस्रो भाग कलाकार नेपालीले दर्शकमाझ लिएर आउन लागेका हुन्।
उनको जोडीका रुपमा रहेकी रियाशा विवाहपछि विदेश पलायन भइन्। त्यसपछि बेगम एक्लै सिरियल चलाउन नसक्ने भएपछि बन्द गरेका थिए। अब भने उनले रियाशाको ठाउँमा नयाँ कलाकार राखेर सिरियललाई अगाडि बढाउने भएका छन्।
अब दर्शकले दोस्रो सिजनमा दीया जिसीले कलाकार नेपालीलाई अभिनयमा साथ दिने छन्। दुई दर्जन जति म्युजिक भिडियामा अभिन गरेकी दीयाले ‘परिवार’सिरियलमा पनि अभिनय गरेकी थिइन्। यो सिरियल सोमबारदेखि एपीवान टिभी र भटभटे माइला युट्युब च्यानलबाट प्रसारण हुँदैछ।