काठमाडौं :
साइकोलोजिकल थ्रिलर शैलीमा निर्माण भएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक गरिएको छ।
चलचित्रकी मुख्य अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माण पक्षले पहिलो झलकसहित आधिकारिक पोस्टर सार्वजनिक गरेको हो।
मंसिर १२ गते रिलिज हुने यो चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका विभिन्न पात्रहरू देख्न सकिन्छ। टिजरको सुरूवात एक छोरीले आफ्नो बुवालाई “तपाईं मर्नुभयो भन्ने सपना देखें” भनेर डराउँदै सुनाउने दृश्यबाट हुन्छ। छोरीको डर हटाउन खोजिरहेका बुवा उनलाई सम्झाउँछन् — “सपनामा मरेको देखिएको मान्छे लामो समय बाँच्छ।”
त्यसपछि टिजरमा देखिन्छ — आत्मबल कमजोर भएको महसुस गरेपछि आत्मरक्षा र प्रतिरोधका लागि हतियार उठाउने एक युवती।
एकले चाल लिँदै गर्दा अर्कोले प्रतिक्रिया दिइरहेको तनावपूर्ण द्वन्द्वको प्रस्तुतिले टिजरमा डर, suspense र thriller को गहिरो अनुभूति गराउँछ।
पहिलो झलकमा चलचित्रका मुख्य तीन कलाकार — बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ — लाई निलो पृष्ठभूमिमा प्रस्तुत गरिएको छ।
तीनैजना तनावपूर्ण भावभङ्गिमा देखिन्छन्। अभिनेत्री सृष्टि श्रेष्ठ ‘एंग्री लुक’ मा प्रस्तुत भएकी छन् र उनको हातमा ताजै रगतले लतपतिएको बन्चरो देखिन्छ, जसले उनलाई हिंसात्मक घटनाक्रमसँग जोडिएको अनुमान गर्न सकिन्छ। ‘द ब्ल्यू लाइट’ निर्देशक बलिराम चौहानको डेब्यु निर्देशन हो। उनी यसअघि चर्चित चलचित्र ‘बलिदान’ का लेखक र मुख्य सहायक निर्देशक