सुचना, समाचार र मनोरन्जन

‘सिटामोल’मा सौगात र बेनिशाको पुनर्मिलन, झगडा र सम्बन्धको कथा फेरि पर्दामा

काठमाडौं :

यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को यतिबेला व्यापाक चर्चा छ। व्यापक चर्चा हुनुको कारण हो ‘७ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’का जोडी सौगात मल्ल र बेनिशा हमालको पुन सहकार्य।

यसअघि वर्ष २०७५ मा सार्वजनिक फिल्म ‘झ्यानाकुटी’मा दम्पतीको भूमिकामा देखिएका यी कलाकारहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए। संयोगवश, ‘सिटामोल’मा पनि उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामै प्रस्तुत भएका छन्। टिजर सार्वजनिक भएसँगै फिल्मको कथा, सेटिङ र पात्र मिल्दो देखिएकाले दर्शकमाझ यसलाई ‘झ्यानाकुटी २’ होकी अनुमान लगाउन थालेका छन्।

सोमबार स्टारमलमा आयोजित पत्रकारसँगको कुराकानीमा अभिनेता मल्लले आफ्नो कुरा आफ्ना भनाई राखेका छन्।
उनले भने,‘हामी ‘झ्यानाकुटी’मा पनि दम्पती थियौं, ‘सिटामोल’मा पनि हो। तर, यो फिल्मको विषयवस्तु, सन्देश र संरचना फरक छ। सिटामोलले बिग्रिएको सम्बन्ध निको पार्न सकिन्छ भन्ने कुरा देखाउँछ।’

उनका अनुसार, फिल्मको शीर्षक ‘सिटामोल’ औषधिको विम्ब जस्तो हो। उनले प्रष्ट पार्दै भने,‘जसरी सिटामोलले ज्वरो र टाउको दुखाइ निको पार्छ, यस फिल्मले पनि बिग्रिएको सम्बन्धमा मलम लगाउने काम गर्छ।’

अभिनेत्री हमालले पनि पहिलाको र अहिलेको फिल्म फरक कथामा भएको बताईन्। उनी भन्छिन्,‘झ्यानाकुटीमा हामीबीच झगडा अर्कै कारणले थियो, सिटामोलमा कारण अर्कै छ। तर, दुवै फिल्ममा हाम्रो सम्बन्धको कथा देखिन्छ।’

बेनिशाले कथालाई मर्न नदिनका लागि यो फिल्ममा प्रयोग गरेको लुगा कपडा सबै पुरानो नै भएको बताइन्। उनले निर्माण टिमले उपलब्ध गरेको लुगा नै आफुले लगाएको बताईन्।

फिल्मका निर्देशक राज बहादुर सानेको यो फिल्म अहिलेसम्म कै आफ्नो उत्कृष्ट बनेको बताए। दर्शकले यो फिल्ममा नेपालको परिवेश पाउने जानकारी दिए।

Leave A Reply

Your email address will not be published.