सुचना, समाचार र मनोरन्जन

भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमलाई मातृशोक

पोखरा,

भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमकी आमा भगवती गौतमको अचानक ब्रेन हेमरेजका कारण निधन भएको छ।

तत्काल अस्पताल पुर्‍याई शल्यक्रियासहित सम्भव सबै उपचारका प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको परिवारले जनाएको छ।

Chaka Panja

गौतमको पार्थिव शरीर अस्पतालबाट पोखरा–१५, फलेपाटनस्थित निवासमा ल्याई परम्पराअनुसार पाठ–परायणसहित अन्तिम संस्कारपूर्वका धार्मिक कार्यहरू सम्पन्न गरिएको छ।

उहाँको आज बिहान ८ः०० बजे पोखरा–१५ फलेपाटनस्थित निवासबाट फूलबारी रिसोर्टभन्दा तल रहेको सीताघाटमा अन्तिम संस्कार गरिएको स्वर्गिय गौतमका भाइ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दानकारी दिनु भयो ।

परिवारमा श्रीमान कृष्ण गौतम, छोरी लक्ष्मी, छोराहरु गोविन्द, कमलनयन र शिवसहित बुहारी, नाति–नातिनी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.