सुचना, समाचार र मनोरन्जन

हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त

काठमाडौं :

यस शुक्रबारदेखि हलमा कलाकारहरूको रोचक भिडन्त सुरु भएको छ । नेपाली रजतपटका नयाँ तथा स्थापित अनुहारदेखि बलिउडका सुपरस्टार र हलिउडका चर्चित कलाकारहरू अभिनित चार ठूला फिल्महरू एकसाथ प्रदर्शनमा आएका छन् ।

नेपाली सामाजिक ड्रामामा अनिशा र घनश्यामको मुख्य अभिनय

नेपाली फिल्म ‘भागदौड’ मार्फत नेपाली कलाकारहरू पर्दामा उत्रिएका छन् । हिमाल उप्रेतीको निर्देशनमा तयार भएको यस सामाजिक तथा भावनात्मक संवेदना बोकेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, र शेखर चापागाईं लगायतका कलाकारहरूको मुख्य अभिनय देख्न सकिन्छ । १ घण्टा ३५ मिनेटको यो फिल्ममा यी कलाकारहरूले समाजको जीवन्त कथालाई पर्दामा उतारेका छन् ।

‘धमाल ४’ मा अजय देवगण र कमेडी किङहरूको टोली

बलिउडतर्फ बहुप्रतीक्षित कमेडी फिल्म ‘धमाल ४’ लिएर सुपरस्टार अजय देवगण हलमा ओर्लिएका छन् । १४३ मिनेट लामो यो फिल्ममा देवगणलाई बलिउडका प्रख्यात कमेडी कलाकारहरू अरशद वारसी, रितेश देशमुख, र संजय मिश्रले बलियो साथ दिएका छन् । खजानाको खोजीमा निस्किएका यी कलाकारहरूको ठगी र हाँस्यपूर्ण अभिनयले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

हरर विधामा लुसियाने र हन्टरको डरलाग्दो रूप

हलिउडतर्फ एडल्ट हरर फिल्म ‘एभिल डेड बर्न’ मा कलाकारहरू लुसियाने बुकानन, हन्टर डुहान, र सुहैला याकुबको शक्तिशाली अभिनय हेर्न पाइनेछ। बास्टियन भानिसेकले निर्देशन गरेको यस फिल्ममा श्रीमान् गुमाएकी एक महिला र उनको परिवारका सदस्यहरू रहस्यमय रूपमा रूपान्तरण हुँदा आउने उतारचढावलाई यी कलाकारहरूले डरलाग्दो ढंगले प्रस्तुत गरेका छन् ।

लाइभ(एक्सन ‘मोआना’ मा ‘द रक’ ड्वेन जोन्सनको जादु

हलिउडकै अर्को प्रतिक्षित फिल्म ‘मोआना’ को लाइभ(एक्सन संस्करणमा विश्वप्रसिद्ध अभिनेता ड्वेन जोन्सन ९द रक० र रेना ओवेन मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सन् २०१६ को लोकप्रिय एनिमेटेड चरित्रलाई यी कलाकारहरूले ११५ मिनेट लामो साहसिक यात्रा  मार्फत वास्तविक दृश्यांकनसहित पर्दामा ल्याएका छन्।

प्रशान्त महासागरका टापुहरूको पृष्ठभूमिमा ड्वेन जोन्सन र रेना ओवेनको अभिनय यस फिल्मको मुख्य आकर्षण हो। यो साता हलमा नेपाली कलाकारहरूको गम्भीर अभिनयदेखि बलिउडका कमेडी स्टारहरू र हलिउडका साहसिक तथा डरलाग्दा पात्रहरूको अभिनयको विविधता दर्शकले हेर्न पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.