सुचना, समाचार र मनोरन्जन

ललितपुरमा ‘भागदौड’को शुभमुहुर्त, यि कलाकारले गर्दैछन् अभिनय

काठमाडौं :

नेपाली फिल्म ‘भागदौड’को शुभमुहुर्त गरिएको छ। बिहीबार ललितपुरको बुङमतीमा निर्माण टिमले फिल्मको मुहूर्त गरेको हो। फिल्मलाई हिमाल उप्रेतीले निर्देशन गर्दैछन्। उनैको लेखन रहेको यस फिल्ममा महिला सशक्तीकरणको मुद्दालाई उठान गरिने निर्माण पक्षले जानकारी दिएको छ।

Pach Pandav

फिल्ममा नयाँ पुराना कलाकारहरुले अभिनय गर्नेछन्। निर्माण पक्षका अनुसार फिल्ममा विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापागाईँ, शङ्कर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमल्सिना लगायतको अभिनय रहने छ।

सुप्रिम म्युजिक एण्ड फिल्मस प्रा.लि. तथा ओडिसी पिक्चर्स प्रा.लि.को ब्यानरमा बन्ने फिल्मका निर्माता विश्वराम विष्ट रहेका छन्। त्यसै गरि कार्यकारी निर्मातामा डिल कुमारी नेपाल हुन्। दीपक बज्राचार्यले खिच्ने फिल्मको सम्पादन प्रवीण ढकालको तथा सङ्गीत प्रकाश नेपाली र वसन्त सापकोटाको रहने छ।

Leave A Reply

Your email address will not be published.